५ कर्तिक, काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने जनाएको छ ।
प्रतियोगितामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम चार टोली र च्यालेन्ज लिग ‘ए’ र ‘बी’ बाट शीर्ष स्थान हासिल गरेका दुई–दुई टोली गरी कुल आठ टोली सहभागी हुनेछन् ।
प्रतियोगिताका शीर्ष चार टोली सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप क्वालिफायर्सका लागि छनोट हुनेछन् ।
Comments