९ कर्तिक काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । अपराह्न प्रधानमन्त्री बालेन एनपीएल उद्घाटनका लागि त्रिवि क्रिकेट मैदान जानेछन् ।
प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले दिएको जानकारीअनुसार प्रधानमन्त्री बालेन उद्घाटनका लागि जाने तयारी छ । “प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने कार्यक्रम तय भएको छ,” उनले बाह्रखरीसँग भनिन् । प्रधानमन्त्री बालेनले सामाजिक सञ्जालबाटै पनि एनपीएलको शुभकामना व्यक्त गरेका छन् ।
Comments