Breaking

बाढीपीडितका लागि ३ अर्ब : ‘हानि–नोक्सानी कोष’ ले नेपाललाई दियो २० मिलियन डलर अनुदान

NUWAKOT, NEPAL - AUGUST 28: An Aerial view shows debris and mud covering settlements following flash floods on August 28, 2026 in DevGhat village, Nepal. Authorities said the flash floods were triggered after a mass of ice, mud and rock collapsed into a Himalayan river near the Nepal-China border, leaving hundreds dead or missing and causing widespread damage in affected districts. Authorities continued the gruelling search for victims, many buried under metres of mud, as both China and Nepal issued fresh flooding alerts. (Photo by Ritesh Shukla/Getty Images)

५ कर्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय ‘हानि–नोक्सानी कोष’ ले नेपालका लागि २० मिलियन अमेरिकी डलर छुट्याउने निर्णय गरेको छ । कात्तिक ५ गते बसेको कोषको बोर्ड बैठकले उक्त सहयोगको निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

“नेपालको जलवायु वित्तमा यो निकै ठूलो सहयोग हो । नेपालको विपद्प्रति संवेदनशील हुँदै विश्वास गरेकोमा अन्तर्राष्ट्रिय समुदाय धन्यवादको पात्र छ,” मन्त्रालयले भनेको छ ।

नेपाल सरकारले आपत्कालीन कोष तत्काल उपलब्ध गराउन भदौ १५ गते कोषलाई पत्राचार गरेको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको संयुक्त हस्ताक्षरमा कोषको सञ्चालक समिति (बोर्ड) का सह–अध्यक्षलाई सम्बोधन गर्दै आधिकारिक पत्र पठाइएको थियो । त्यसको करिब सात हप्तापछि कोषले निर्णय गरेको हो ।

Comments