५ कर्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टिकट बिक्री बिहीबार बेलुकादेखि खुल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमार्फत बिहीबार बेलुका आठ बजेबाट टिकट बिक्री सुरु हुने जनाएको छ ।
क्यानका अनुसार लिग चरणका खेलमा साधारण टिकटको मूल्य ५०० र प्रिमियमको मूल्य एक हजार रुपैयाँ तोकिएको छ । इलिमिनेटर र फाइनल चरणमा साधारण टिकट एक हजार र प्रिमियम टिकट दुई हजार रुपैयाँमा पाइनेछ ।
एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेबाट सुरु हुँदैछ । प्रतियोगितामा आठ टोली सहभागी हुनेछन् । तेस्रो संस्करणका सबै खेलले आईसीसीको टी–२० लिगको लिस्ट ए मान्यता पाएका छन् । टिकट ईसेवामार्फत लिन सकिने क्यानले जनाएको छ ।



Comments