३ कर्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको हो । एनपीएलमा पहिलोपटक डीआरएसको प्रयोग हुँदै छ । डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो, जसले अम्पायरको निर्णय चित्त नबुझेमा रिभ्यूको अवसर प्रदान गर्छ ।
क्यानका अनुसार एलबीडब्लूको रिभ्यूका लागि फूल थ्रीडी बल ट्र्याकिङको प्रयोग हुनेछ । त्यसैगरी रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ । एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुनेछ ।



Comments