माडी नगरपालिका वडा न ५ स्थित क्षेत्रहरुमा करिब दुई दिन देखि बाघको आवत जावत सुरु भएको छ । बाघ करिब रातिको ९ बजे दिन गाउँ वरिपरि देखिने गरेको स्थानीयहरुले बताएका छन्।
यसले नयाँ पिपरिया ५ स्थित एक घरबाट बाख्रा समेत मारिसकेको छ । त्यसैकारण सम्पूर्ण नगरपालिका वडा नम्बर ५ स्थित स्थानीय व्यक्तित्वहरूलाई सजग भएर आवतजावत गर्न अनुरोध गरिएको छ।
साथै यसलाई नियन्त्रण गर्नको लागि वन बफर्जनदेखि सरोकारवाला ठाउँहरूमा स्थानीय व्यक्तिहरूले अनुरोध गरिसकेका छन्।
अन्यथा सामाजिक रूपमा एकवद्धता भई नियन्त्रणमा लिउँ भनि आन्दोलनसमेत गरेर अगाडि बढ्नुपर्ने स्थानीयहरूले आक्रोश समेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया