ताजा अपडेट

DDC मा कार्यरत कर्मचारी पक्राउ।

माडी चिस्यान केन्द्रमा कार्यरत दुई कर्मचारीसहित दुग्ध विकास संस्थान (डीडीसी) का तत्कालीन महाप्रबन्धक संजीव झासहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्ने माडी चिस्यान केन्द्रका कर्मचारीमा ४६ वर्षीय शिवनन्दन राय र ४८ वर्षीय विश्वबहादुर भण्डारी रहेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरूलाई आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा पक्राउ गरेको हो । सीआईबीका अनुसार संस्थानका पदाधिकारी तथा कर्मचारीहरूले गैरकानुनी रूपमा आर्थिक लाभ लिने क्रममा संस्थानलाई १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ । उक्त आर्थिक अनियमिततासम्बन्धी उजुरीमाथि गरिएको प्रारम्भिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

माडी चिस्यान केन्द्रका दुवै कर्मचारी चितवनको माडी नगरपालिका–१ बाट पक्राउ परेका हुन् । उनीहरूसहित पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

प्रकरणमा पक्राउ परेका आठ जनाको विवरण :

१. संजीव झा (४५ वर्ष) — स्थायी ठेगाना : बलरा नगरपालिका–३, सर्लाही । पक्राउ स्थान : लैनचौर, काठमाडौं ।

२. विजयकुमार यादव (४६ वर्ष) — स्थायी ठेगाना : सिरहा नगरपालिका–१, सिरहा । पक्राउ स्थान : बालाजु, काठमाडौं ।

३. मनहरि शर्मा (५५ वर्ष) — स्थायी ठेगाना : मोदी गाउँपालिका–४, पर्वत । पक्राउ स्थान : पोखरा महानगरपालिका–१४, कास्की ।

४. रामकेवल राय (४९ वर्ष) — स्थायी ठेगाना : मोहनपुर–५, सर्लाही । पक्राउ स्थान : चन्द्रनगर गाउँपालिका–५, सर्लाही ।

५. जितेन्द्रकुमार यादव (२८ वर्ष) — स्थायी ठेगाना : चन्द्रनगर गाउँपालिका–५, सर्लाही । पक्राउ स्थान : भरतपुर महानगरपालिका–५, आनन्दपुर, चितवन ।

६. नवीन राय यादव (३२ वर्ष) — स्थायी ठेगाना : चन्द्रनगर गाउँपालिका–२, सर्लाही । पक्राउ स्थान : लालबन्दी नगरपालिका–५, मेजरगञ्ज, सर्लाही ।

७. शिवनन्दन राय (४६ वर्ष) — स्थायी ठेगाना : चन्द्रनगर गाउँपालिका–५, सर्लाही । पक्राउ स्थान : माडी नगरपालिका–१, भर्वा, चितवन ।

८. विश्वबहादुर भण्डारी (४८ वर्ष) — स्थायी ठेगाना : कालिका गाउँपालिका–७, सिन्धुपाल्चोक । पक्राउ स्थान : माडी नगरपालिका–१, चितवन ।

प्रतिक्रिया