चितवन उद्योग वाणिज्य संघमा नवउद्यमी तथा स्टार्टअप व्यवसाय प्रवर्द्धनका लागि विजनेश इन्क्यूवेशन सेन्टर सञ्चालनमा आएको छ।
संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले उद्घाटन गर्नुभएको सेन्टरले नयाँ उद्यमीलाई व्यवसाय सञ्चालन, व्यवस्थापन तथा प्रविधिसम्बन्धी सहयोग गर्नेछ।
बागमती प्रदेश सरकारको सहयोगमा स्थापित सेन्टरलाई चितवन उद्योग वाणिज्य संघ र क्लाउड साथीले सहकार्यमा तीन महिनासम्म सञ्चालन गर्नेछन्। हाल सेन्टरमा १५ जना नवप्रवर्तक आबद्ध छन्।
Comments