Breaking

माडीमा हात्तीको आतङ्क : धानबाली जोगाउन रातभर किसानको संघर्ष

७ कर्तिक चितवन । माडी ६ लगायत माडीका अन्य स्थानमा किसान हात्तीको आतङ्कबाट धानबाली जोगाउन संघर्ष गरिरहेका छन् । गैँडालाई जेनतेन रोक्न सफल भए पनि हात्तीबाट बाली जोगाउन धेरै गाह्रो भएको स्थानीयले बताएका छन् ।

बर्सेनि यही समयमा हात्तीले दुःख दिने गरेको छ । यो समस्या अहिले मात्र नभई धेरै वर्षअघिदेखि माडीबासीले भोग्दै आएका छन् । धान जोगाउने प्रयासमा किसानसँगै स्थानीय पनि सहभागी भएका छन् र उनीहरूले ट्याक्टरको प्रयोग गरिरहेका छन् ।

Comments