२९ असोज, चितवन । माडी–ठोरी हुलाकी सडकखण्ड हुँदै सञ्चालन हुने बस चितवनको जुगेडीमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बिहीबार बिहान करिब ४ः३० बजे भरतपुर २९, खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा रोकिराखेको ट्रकमा बस पछाडिबाट ठोक्किएको हो । लु २ ख ५२७६ नम्बरको ट्रकलाई ना ६ ख १८९० नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्रक चालकसहित ट्रकमा सवार दुई जना र बसमा सवार छ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
दुर्घटनामा परेको बस माडी–ठोरी हुलाकी सडकखण्ड हुँदै सुवर्णपुरबाट काठमाडौं आवतजावत गर्ने बस हो । काठमाडौं बाट बर्दियातर्फ जाने क्रममा दुर्घटनामा परेको हो । प्रारम्भिक विवरणअनुसार काठमाडौंमा रिजर्भ भएर बर्दियातर्फ जाँदै गरेको बस सडकमा रोकिराखेको ट्रकमा पछाडिबाट ठोक्किएको हो ।



Comments