२१ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत माडी–ठोरी सडकखण्डको बगही सुरक्षा पोस्ट नजिकै अविरल वर्षाका कारण खोल्सोमा आएको भेलले आज बिहान एउटा एम्बुलेन्स बगाएको छ ।
पर्साको ठोरी गाउँपालिकाबाट बिरामी बोकेर माडीतर्फ आउँदै गरेको एम्बुलेन्स तीव्र वर्षापछि अचानक आएको बाढीमा फस्यो । बहावले एम्बुलेन्सलाई पल्टाउँदै सडकबाट केही तल पुर्यायो ।
घटनापछि स्थानीय र सुरक्षा निकायले जेसीबी प्रयोग गरी एम्बुलेन्सको उद्धार गरे । बिरामी, चालक र अन्य यात्रु सबै सकुशल छन् । माडी क्षेत्रमा बिहानैदेखि निरन्तर वर्षा भइरहेकाले खोलानालामा पानीको सतह बढेको छ ।
Comments