Breaking

सोमेश्वर सामुदायिक वनको प्रतिनिधिमा रामप्रसाद महतो सहमतिबाट निर्वाचित

२५ असोज, चितवन । चितवनको माडी ३ स्थित सोमेश्वर मध्यवर्ती सामुदायिक वनको प्रतिनिधि सदस्यमा रामप्रसाद महतो सर्वसम्मत निर्वाचित हुनुभएको छ । माडी ३ बाट उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । 

महतोलाई सबै राजनीतिक दलको समर्थनका कारण उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो । स्थानीय उपभोक्ताहरूले नयाँ नेतृत्वले सामुदायिक वनको व्यवस्थापन र संरक्षणलाई प्रभावकारी बनाउँदै उपभोक्ताको हितमा काम गर्ने अपेक्षा गरेका छन् ।

Comments