Breaking

त्रिवि क्रिकेट मैदानमा कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री र ड्रोन उडानमा रोक

३ कर्तिक, काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले आगामी कात्तिक ८ गतेसम्म भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण र ड्रोन उडाउन रोक लगाइएको छ । 

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकारहरूलाई जानकारी गराउँदै भोलिदेखि कात्तिक ८ गतेसम्म मैदानमा भिडियो छायाङ्कन, युट्युब सामग्री निर्माण, ड्रोन उडान तथा अन्य प्रयोजनका लागि प्रवेश अनुमति नदिइने जनाएको हो । मैदानमा अन्तिम तयारीका काम गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको क्यानले स्पष्ट पारेको छ । निर्णयबाट पर्न जाने असुविधाप्रति सङ्घले क्षमासमेत मागेको छ । 

यसैबीच, क्यानले आगामी आइतबार, कात्तिक ८ गते तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एसबीएल एनपीएल–३) को तयारीसम्बन्धी पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ ।

Comments