Breaking

दुई महिनामा एक लाख ३० हजार ४८३ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए

४ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३० हजार ४८३ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार २०८३ साउन १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा उक्त संख्यामा श्रम स्वीकृति जारी गरिएको हो । 

श्रम स्वीकृति लिनेमा एक लाख १२ हजार ३१५ जना पुरुष र १८ हजार १६८ जना महिला रहेका छन । 

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पाँच हजार ५९९ ले कम रहेको छ, जुन ४.११ प्रतिशतको कमी हो ।

वर्षगत तुलना

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका थिए । त्यसअघिको आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा भने कुल एक लाख १७ हजार ६८ जनाले श्रम स्वीकृति लिएका थिए ।

०८१/८२

१,१७,०६८

०८२/८३

१,३६,०८२

०८३/८४

१,३०,४८३

महिनागत विवरण

विभागको तथ्यांकअनुसार २०८३ साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जनाले श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्ष २०८२ साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।

महिना २०८२ (गत वर्ष) २०८३ (चालु वर्ष)
साउन ६८,११० ७०,४४१
भदौ ६७,८७२ ६०,०४२
जम्मा १,३६,०८२ १,३०,४८३

स्रोत : वैदेशिक रोजगार विभाग, नेपाल सरकार । आर्थिक वर्ष २०८३/८४ को साउन–भदौ (श्रावण–भाद्र) अवधिको तथ्यांकमा आधारित ।

Comments